लाभकर बढेपछि लगानीकर्ता असन्तुष्ट
gorkhapatraonline.com · Sun May 31 00:34:44 GMT 2026

आर्थिक वर्ष २०८३/८४ को बजेटले पुँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पुँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्योलमा परेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रबार बजेट वाचन गर्दैगर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन् ।
बजेटले गैरआवासीय नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ तर पुँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजारमैत्रीभन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन् । एकातिर सरकारले पुँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)