इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
ratopati.com · Tue Jun 23 20:10:46 GMT 2026
काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलका लागि इरानी राष्ट्रिय फुटबल टोलीलाई लगाइएको प्रतिबन्धमा अस्थायी रूपमा खुकुलो गरेको छ । इरानले इजिप्टविरुद्ध हुने आफ्नो निर्णायक खेलका लागि खेल हुनुभन्दा दुई दिन अगाडि नै अमेरिका प्रवेश गर्न अनुमति पाएको हो ।
अमेरिकी गृह सुरक्षा विभागका अनुसार यस निर्णयले इरानी टोलीको अमेरिका बसाइलाई एक दिन थप गरेको छ । ‘जुन २६ मा सियाटलमा हुने इरानको तेस्रो खेलका लागि टोलीलाई दुई दिनअघि नै अमेरिका आउन अनुमति दिइएको छ,’ विभागका प्रवक्ताले अ ल जजीरा लाई भने । यद्यपि, टोलीले खेल सकिएकै दिन अमेरिका छाड्नुपर्ने प्रावधानलाई भने यथावत राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)