मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको उच्च उचाइमा रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा मृत्यु हुने पर्यटकमध्ये नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका यी पर्यटकहरू वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर बिरामी परेपछि प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको हो। प्रहरीको तथ्याङ्कअनुसार मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)