उपसभापतिमा पराजितपछि तोसिमा कार्कीले भनिन्- पार्टीको आवाज हुँ, रहिरहनेछु
nepalnews.com · Sat Jun 27 14:55:47 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा पराजित नेतृ डा. तोसिमा कार्कीले आफू पार्टीको बलियो आवाज बनेर निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। महाधिवेशनको प्रक्रियामा उपसभापतिमा सोविता गौतमसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन्।
कार्कीले बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार बोकेर अगाडि बढ्ने दृढता व्यक्त गर्दै भनेकी छन्, ‘सुरुवाती दिनदेखि पार्टी निर्माण तथा सबलीकरणको यात्रामा दिनरात सङ्घर्ष र योगदान दिनुहुने सम्पूर्ण घण्टीमित्रहरूलाई सम्झन चाहन्छु। महाधिवेशनको यो यात्रामा प्राप्त अथाह माया, साथ र विश्वासको साक्षी हुन पाउनु मेरा लागि गर्वको कुरा हो। म पार्टीको आवाज हुँ र रहिरहनेछु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)