अनलाइन माध्यम सुरक्षित बनाउन कडा नियम आवश्यकः संयुक्त राष्ट्रसङ्घ
kendrabindu.com · Sun May 31 01:23:31 GMT 2026

काठमाडौं। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले सरकार तथा प्रविधि कम्पनीहरूलाई बालबालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जवाफदेहिताको व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनले डिजिटल संसारले बालबालिकालाई शिक्षा, सिर्जनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा, गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)