एक वर्षमा मुस्ताङमा लेक लागेर १३ पर्यटकले गुमाए ज्यान
himalpress.com · Sun May 31 02:00:37 GMT 2026

काठमाडौँ- पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)