बर्दिवासमा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणबारे गम्भीर बहस
gorkhapatraonline.com · Sun May 31 02:02:51 GMT 2026

पछिल्ला वर्षहरूमा बढ्दो सवारी दुर्घटना, ट्राफिक नियम उल्लङ्घन तथा सडक सुरक्षाप्रति देखिएको बेवास्ताका कारण चिन्ता बढिरहेका बेला महोत्तरीको बर्दिवासमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका विषयमा व्यापक छलफल भएको छ।
सरोकारवाला निकाय, सुरक्षा निकाय, यातायात व्यवसायी, चालक, पत्रकार, नागरिक समाज तथा जनप्रतिनिधिको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा सडक सुरक्षालाई केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)