प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डमा कैलाली च्याम्पियन
gorkhapatraonline.com · Sun May 31 02:36:58 GMT 2026
सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। अमरगढी नगरपालिका–४ स्थित ऐतिहासिक टुँडिखेलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका सयौँ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अन्तिम पदक तालिकामा कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै च्याम्पियन बन्न सफल भयो।
कञ्चनपुर १७ स्वर्ण, १३ रजत र १३ कास्यसहित दोस्रो स्थानमा रह्यो भने प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित कुल ३० पदक जित्दै तेस्रो स्थान हासिल गर्यो। घरेलु मैदानमा डडेल्धुराका खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले स्थानीय खेलप्रेमीलाई उत्साहित बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)