बाढीपहिरोले बगाएका काभ्रेका छ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिरोले बगाएका ती पुलहरूको निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत (बजेट) सुनिश्चित भएको हो। विक्रम संवत २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका पक्की तथा झोलुङ्गे पुलहरू झन्डै दुई वर्षपछि पुनर्निर्माण हुन लागेका हुन्। उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलहरूमा ठुलो क्षति पुगेको थियो।
सहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालका अनुसार रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी (पिपलटार सुँगुरेडाँडा) झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा) झोलुङ्गे पुल र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)