प्रदेश गौरवका योजना प्राथमिकतामा
gorkhapatraonline.com · Sun May 31 03:22:34 GMT 2026

सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सडक, सिँचाइ, पर्यटन, उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ । विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग चालु आवभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन् ।
पहिरोको उच्च जोखिमका कारण बर्सौंदेखि यात्रुले सास्ती खेप्दै आएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग सञ्चालनमा आएपछि बुटवल–पाल्पा–पोखरा सडक यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ । बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)