नेपालले चीनलाई दियो ३१४ रनको भीमकाय लक्ष्य
nepalpress.com · Sun May 31 03:26:26 GMT 2026
काठमाडौँ । एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले बिष्फोटक शतक प्रहार गरे । उनले ४३ बलमा १ सय २९ रन बनाएका हुन्, जसमा १६ छक्का र ५ चौका सामेल थिए । कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा ६९ रन बनाएर अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)