निसीखोलामा अचेत भेटिएका गुरुङको मृत्यु
gorkhapatraonline.com · Sun May 31 04:07:25 GMT 2026

बागलुङको निसीखोलामा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–१ हर्पेमा सडक छेउमा अचेत अवस्थामा फेला परेका ४३ वर्षीय टेक बहादुर गुरुङको मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
गुरुङलाई शनिबार राति करिव पौने ९ बजे स्थानीयले सडक छेउमा अचेत अवस्थामा फेलापारेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उहाँलाई तत्काल उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पतालका चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको जिप्रका बागलुङका प्रमुख प्रहरी उपरीक्षक प्रसाईले जानकारी बताउनुभयो । मृतक गुरुङ निसीखोला गाउँपालिका–१ हर्पेकै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)