यूएफसीको संसार र रविन्द्र ढाँटले देखाएको नयाँ सपना
ratopati.com · Sat Aug 29 04:44:59 GMT 2026
१५ वर्षभन्दा बढी समयदेखि यूएफसी र मिक्स्ड मार्सल आर्ट्स पछ्याउँदै आएको दर्शकका रूपमा मैले यो खेललाई एउटा अनौठो यात्राबाट गुज्रिँदै आएको देखेको छु। सुरुमा टेलिभिजनको पर्दामा दुई जना मानिसहरू एकअर्कासँग भिडिरहेको दृश्य मात्र देखिन्थ्यो।
समयसँगै बुझ्दै गएँ—यो केवल मुक्का र किकको खेल रहेनछ। यसको पछाडि रणनीति रहेछ, प्रविधि रहेछ, मानसिक बल रहेछ, अनुशासन रहेछ र सबैभन्दा महत्वपूर्ण, आफूलाई संसारकै उत्कृष्टसँग परीक्षण गर्ने अदम्य चाहना रहेछ। त्यसैले अहिले नेपालमा एमएमए र विशेषगरी यूएफसीप्रति बढिरहेको आकर्षणलाई म केवल एउटा नयाँ खेलको पागलपनका रूपमा होइन, नेपाली युवाको बदलिँदो खेलकुद सोचको एउटा सकारात्मक संकेतका रूपमा हेर्छु। यही बेला एउटा नेपाली नाम विश्वको सबैभन्दा ठूलो एमएमए मञ्चको ढोकासम्म पुगेको छ—बाघ रविन्द्र ढाँट।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)