अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
ratopati.com · Wed Jul 15 10:29:13 GMT 2026

लन्डन । अमेरिकाले लगातार चौथो रात पनि इरानमाथि हवाई आक्रमण जारी राख्दै इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
बुधबार बिहानको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिव्यारेल ८५ अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को मूल्य शूनय दशमलव ५ प्रतिशतले बढ्दै प्रतिव्यारेल करिब ८० अमेरिकी डलर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)