भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, आज कहाँ-कहाँ छ बाढीको जोखिम?
ratopati.com · Sat Aug 29 04:46:09 GMT 2026

काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनअनुसार आज पहाडी र हिमाली भेगका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
आज पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको अछामसम्मका दर्जनौँ जिल्लामा बाढीको चेतावनी दिइएको छ। विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरसहित सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी, बागलुङलगायतका जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)