आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’घोषणा
kendrabindu.com · Wed Jul 15 10:38:55 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी गरेको बताएकी छन्।
उनले उक्त आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ का रूपमा घोषणा गर्दै प्रचलित कानुनको सुधार, पुनरावलोकन तथा नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिइन्।