प्रचण्डसँग को–को गए श्रीलंका ?
ratopati.com · Wed Jul 15 10:40:54 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना नेता श्रीलंका गएका छन् । प्रचण्डसँगै नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल पनि श्रीलंका गएका छन् ।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रचण्डसहितको टोली श्रीलंका प्रस्थान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)