संयोजक दाहाल श्रीलङ्का प्रस्थान
makalukhabar.com · Wed Jul 15 10:40:28 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)