एकै घरका दुई दाजुभाइ : एकले सगरमाथा चुमे, अर्काले लोत्से
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका एकै घर दुई दाजुभाइले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्सेको सफलतापूर्वक आरोहण गरेका छन्। जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २:४० बजे समुद्री सतहबाट ८,८४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको सफल आरोहण गरेका हुन्। त्यसैगरी शुभराज तामाङले सन् २०२६ मे २७ तारिख बिहान ७ बजे ८,५१६ मिटर अग्लो लोत्से हिमालको सफल आरोहण गर्न सफलता प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)