साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
ratopati.com · Wed Jul 15 11:05:45 GMT 2026

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमालेख साउन १ गतेदेखि लागू गर्ने भएको छ।
प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमालेख तयार गरिएको हो। बीमालेख निर्माणका क्रममा सरकारी निकाय, वन्यजन्तु विज्ञ, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझावसमेत लिइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)