संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान
nepalsamaya.com · Wed Jul 15 11:07:32 GMT 2026

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने "क्षेत्रीय स्थायित्व र आर्थिक लचिलोपनका लागि एसियाली संवाद"मा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन्।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टीका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)