सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्तपछि कांग्रेस सरकार संकटमा, नेकपाले काँध थाप्ला ?
shilapatra.com · Wed Jul 15 11:05:47 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई एकैपटक बर्खास्त गरेसँगै प्रदेशको सत्ता राजनीतिले नाटकीय मोड लिएको छ । बजेट विवादबाट सुरु भएको कांग्रेस–एमालेबीचको टकराव सरकारको भविष्य नै निर्धारण गर्ने तहमा पुगेको छ ।
१ असारमा प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । बजेट सार्वजनिक भएलगत्तै सत्ता साझेदार एमालेले असन्तुष्टि जनायो । बजेटमाथि छलफल अघि बढ्न नदिने रणनीतिमा देखिएको एमालेले अन्ततः छ मन्त्रालयको बजेटविरुद्ध खर्च कटौति प्रस्ताव नै दर्ता गरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)