अटिजमबारे शिक्षक र अभिभावकका लागि एकदिने सचेतना कार्यक्रम
nepalviews.com · Sat Jun 27 15:26:58 GMT 2026

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर एक लोकनथलीमा शिक्षक र अभिभावकका लागि अटिजमबारे एकदिने सचेतना कार्यक्रम गरिएको छ । अटिजम एक अस्वाभाविक अवस्था हो । यसबाट प्रभावित बालबालिकालाई कसरी व्यवस्थापन गर्ने, अटिजम कसरी पहिचान गर्नेलगायतका विषयमा शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूका लागि सचेतना कार्यक्रम गरिएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा नेपालका लागि हामी प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुकाजी डंगोलले आफ्नो वडाभित्र अटिजम भएका बालबालिकाको पहिचान र उनीहरूको व्यवस्थानका लागि यो कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरे । वडा सदस्य तथा कार्यपालिका सदस्य सरस्वती खड्काले पनि कार्यक्रम अति उपयोगी भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)