नागढुंगामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
barnanmedia.com · Sat Jun 27 15:17:52 GMT 2026

काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्।
शनिबार काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन्। सुरक्षा जाँचका क्रममा भारतको दार्जिलिङस्थित सिलगुडी चम्पासारीका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)