एकै घरका दाजुभाइको हिमाली सफलता : जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से
nepalviews.com · Sun May 31 06:05:18 GMT 2026

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् । जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् ।
पारिवारिक स्रोत अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २ः४० बजे समुद्री सतहबाट ८,८४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको सफल आरोहण गरेका छन् । त्यसैगरी शुभराज तामाङ सन् २०२६ मे २७ तारिख बिहान ७ बजे ८,५१६ मिटर अग्लो लोत्से हिमालको सफल आरोहण गर्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)