नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
aarthiknews.com

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्ने औल्याएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले उक्त धारणा राखेका हुन ।
यस क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताए । अध्यक्ष अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)