गृहमन्त्री सुधन गुरुङ आफैँ सुरुङभित्र छिरेर उद्धार गरे भन्दै भारत उत्तराखण्डको भिडिओ भाइरल
techpana.com · Sat Aug 29 04:53:23 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा गृहमन्त्री सुधन गुरुङ आफैँ सुरुङभित्र छिरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओ भ्रामक र गलत रहेको पुष्टि भएको छ । फेसबुक, टिकटक, एक्स लगायतमा भाइरल भइरहेको उक्त फुटेज नेपालको नभई भारतको उत्तराखण्डको पुरानो भिडिओ भएको तथ्य फेला परेको हो ।
भीषण बाढी र पहिरोले माथिल्लो त्रिशूली-१ र त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा माटो र लेदो भरिँदा सयौँ मजदुर तथा कर्मचारीहरू भित्रै थुनिएको सूचना आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)