प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित
kendrabindu.com · Wed Jul 15 11:40:56 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गरेका थिए । छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै आगामी दिनका श्रमसम्बन्धी नीति र कानुनमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)