अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौंमा
nepalviews.com · Sun May 31 06:28:39 GMT 2026

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति तथा जनसम्पर्कसम्बन्धी कार्य हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छिन् । नेपालमा फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावपछि काठमाडौं भ्रमण गर्ने उनी तेस्रो कूटनीतिज्ञ हुन् । यसअघि वैशाख पहिलो साता सहायक विदेशमन्त्री समिर पल कपुर काठमाडौं आएका थिए भने वैशाख तेस्रो साता दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौं आएका थिए ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार रोजर्सले नेपाल भ्रमणका क्रममा असेन्ट समिट २०२६ मा उद्घाटन सत्रको मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्। साथै उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू तथा अमेरिकी कार्यक्रमका पूर्व सहभागीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)