वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजनामा काम गर्ने विदेशीलाई आयकर छुट
aarthiknews.com

काठमाडौं । सरकारले वैदेशिक सहायता स्रोतबाट सञ्चालित आयोजना तथा कार्यक्रमअन्तर्गत काम गर्ने निर्माण तथा सेवा प्रदायक विदेशी व्यक्ति र संस्थालाई आयकर छुट दिने व्यवस्था गरेको छ।
आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित कानुनी व्यवस्थाअनुसार नेपाल सरकार र दाता निकायबीच भएको सम्झौताअनुरूप सञ्चालित आयोजनामा संलग्न गैरबासिन्दा व्यक्ति, नेपालमा शाखा दर्ता गरेका विदेशी संस्था वा नेपालस्थित विदेशी स्थायी संस्थापनका रूपमा दर्ता भएका निर्माण तथा सेवा प्रदायकले आयकर छुट पाउने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)