साफ महिला च्याम्पियनसिप : समूह विजेता बन्ने लक्ष्यमा नेपाल
baahrakhari.com · Sun May 31 06:37:19 GMT 2026
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा आज (जेठ १७) श्रीलंकाको सामना गर्दा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । खेल भारतको जवाहरलाल नेहरु रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ ।
अन्जिला तुम्बापोको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै शतप्रतिशत जितका साथ सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यो खेलमा बराबरी गरे पनि नेपाल समूह विजेता बन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)