मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
nepalnews.com · Wed Jul 15 12:07:09 GMT 2026

दाङ । दाङको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चुरे पहाडको फेदमा अवस्थित यो प्राकृतिक सरोवरले मनमोहक दृश्य, शान्त वातावरण र धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिका कारण पर्यटकलाई लोभ्याइरहेको छ।
मुसुण्डी गाउँको नजिक, उत्तरतर्फ चुरे पहाड र बीचमा फैलिएको जखेरा सरोवरको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने गरेको छ। तालका कर्मचारी ओमभक्त चौधरीका अनुसार गत वैशाख र जेठ महिनामा मात्रै करिब दुई लाख आन्तरिक तथा बाह्य पर्यटकले जखेरा तालको अवलोकन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)