उद्धारमा १५ हजार बढी सुरक्षाकर्मी
annapurnapost.com · Sat Aug 29 04:50:42 GMT 2026

काठमाडौं : भोटेकोशी आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझ नै ठूलो संख्यामा सुरक्षाकर्मी रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा परिचालित भएको बताएका छन्।
‘नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ७ सय ५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २ सय ३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन्,’ प्रधानमन्त्रीले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)