नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न
nepalpress.com · Wed Jul 15 12:11:20 GMT 2026
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचरित्र मेहताले साधारण सभाको उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै राखेपका सदस्य मेहताले पछिल्ला वर्षहरूमा नेपाली ब्याडमिन्टनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। उनले खेलको दिगो विकासका लागि पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)