उषा भण्डारी अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडर नियुक्त
neplays.com · Wed Jul 15 12:20:00 GMT 2026
नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स ले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभाशाली स्पाइकर उषा भण्डारीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
सुमिरा स्पोर्ट्स भेन्चर्सको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किङ्स र उषा भण्डारीबीच तीन वर्षे सम्झौता भएको हो। सम्झौताअनुसार भण्डारीले टोलीको प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा सक्रिय भूमिका खेल्नेछिन्। साथै, अन्नपूर्ण स्पाइकर किङ्ससँग सहकार्य गर्दै नेपाली भलिबलको ग्रासरुट विकास र नयाँ प्रतिभा उत्पादनमा योगदान पुर्याउनेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)