इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ
nagariknews.nagariknetwork.com · Sun May 31 07:04:06 GMT 2026

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गरेका छन्।
कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताए। उनले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)