शेयर बजार सधैं बढिरहन सक्दैन, नेप्से इन्डेक्स ५ हजार पुगे पनि कोही खुसी हुनेवाला छैनः भट्ट
corporatenepal.com · Wed Jul 15 12:31:58 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले सेयर बजार परिसुचक अर्थात् नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) इन्डेक्स पाँच हजार नै पुगे पनि कोही खुसी नहुने भन्दै व्याङ्ग्य गरेका छन् ।
बुधबार अर्थ समितिको छलफलमा उनले बजार पाँच हजार पुगेर घटेपछि पनि बोर्डको कार्यालय घेराउ हुने बताए । सेयर बजार निरन्तर घटेपछि मंगलबार लगानीकर्ताको एउटा समूहले खुमलटारस्थित कार्यालय घेराउन गरेका थिए । त्यसलाई स्मरण गर्दै भट्टले उक्त समूहमाथि टिप्पणी गरेका हुन् । अहिले नेपाली सेयर बजार परिसुचक नेप्से २६ सय भन्दा कम विन्दुमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)