अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित
nepallive.com · Sat Aug 29 05:00:12 GMT 2026

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।
पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि आरोप छ । यस्तो व्यवहारले पार्टीको अध्यक्ष मण्डलका सदस्यको हैसियत, मर्यादा र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)