‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन भएको छैन’: सभामुख
kalakarmi.com · Sun May 31 08:14:57 GMT 2026

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पारेका छन् । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उहाँले यस्तो स्पष्टीकरण दिएका हुन् ।
बैठकको प्रारम्भ विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थिए । उनले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद भएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)