बचतमा २.७५ प्रतिशतभन्दा कम ब्याज दिए बैंकहरूले १ महिना स्थायी निक्षेप नपाउने
onlinekhabar.com · Wed Jul 15 13:46:50 GMT 2026

३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाका शर्तमा केही लचकता अपनाएको छ । बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम दर कायम गरेमा एक महिनाका लागि मात्रै स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था गरिएको हो ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ संशोधन गर्दै बचतको ब्याजदर करिडोरको तल्लो सीमा भन्दा न्यून भए एक महिना स्थायी निक्षेप नदिने व्यवस्था गरेको छ । यसअघि बचतको ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल कायम गर्ने बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा नै बन्द हुन्थ्यो ।हाल ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)