जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
ratopati.com · Wed Jul 15 13:58:22 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गरेका छन्।
बैठकको अन्त्यमा उहाँले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटाता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताए। “प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन्। जनताका आवाज, आकाङ्क्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र संसदका निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो।’’, सभामुख अर्यालले भने, “जनताबिच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।’’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)