पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
himalpress.com · Sat Jun 27 15:42:48 GMT 2026

जनकपुरधाम – प्रहरीले जनकपुरधामबाट दुई युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)