५० अर्बको मल आयात
nagariknews.nagariknetwork.com · Wed Jun 24 04:17:44 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले करिब ४९ अर्ब ८३ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म युरिया, डिएपी र पोटास गरी लाखौं टन मल भित्रिए पनि धान रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा मल पाउन सकेका छैनन्। हरेक वर्ष अर्बौं रुपैयाँ खर्चेर मल आयात भइरहे पनि बजारमा अभाव दोहोरिनु कृषि क्षेत्रको पुरानै समस्या बनेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ। धान, मकै, गहुँ र तरकारी खेतीको विस्तारसँगै मलको माग बर्सेनि बढ्दै गएको छ। कुल आवश्यकतामध्ये सबैभन्दा बढी युरिया खपत हुने गरेको छ भने त्यसपछि डिएपी र पोटासको प्रयोग हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)