क्रोएसियाको संघर्षपूर्ण जित, पानामा समूह चरणबाटै बाहिरियो
arthasansar.com
फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा आज सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा क्रोएसियाले पानामामाथि १–० को कठिन जित हासिल गरेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको क्रोएसियाले यो जितसँगै प्रतियोगितामा ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
अर्कोतर्फ, लगातार दोस्रो पराजय बेहोरेको पानामा भने विश्वकपको समूह चरणबाटै बाहिरिने पहिलो टोलीहरूमध्ये एक बनेको छ। दुवै टोलीका लागि ‘गर या मर’ को अवस्था रहेको यस खेलको पहिलो हाफ निकै रोमाञ्चक तर गोलरहित टुङ्गिएको थियो। ६४ प्रतिशत बल पजेसन आफ्नो नियन्त्रणमा राखे पनि क्रोएसियाले पानामाको बलियो डिफेन्स तोड्न निकै संघर्ष गर्नुपऱ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)