एलजीबीटीआईक्यू+ समुदायका लागि २८ दिने वेलनेस थेरापी तालिम सुरु
tourismface.com · Wed Jul 15 14:21:04 GMT 2026
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू+ समुदायका सदस्यहरूका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु भएको छ । समावेशी पर्यटन विकास, सीपमूलक रोजगारी प्रवर्द्धन तथा ‘नेपाल वेलनेस वर्ष–२०२७’ को राष्ट्रिय अभियानलाई टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा नौ जना सहभागी रहेका छन् ।
तालिममार्फत सहभागीहरूलाई मानव शरीरको संरचना र कार्यप्रणाली, व्यावसायिक आचारसंहिता, ग्राहक सेवा, सरसफाइ तथा सुरक्षाका मापदण्ड, स्पा तथा वेलनेस सेवा सञ्चालनका आधारभूत ज्ञानसँगै पूर्ण शरीर मसाज, रिफ्लेक्सोलोजी, टाउको तथा काँध मसाज, बडी स्क्रबलगायतका व्यावहारिक सीप प्रदान गरिनेछ । चार सातासम्म सञ्चालन हुने तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीले स्पा थेरापिस्टको प्रमाणपत्र प्राप्त गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)