सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ
makalukhabar.com · Wed Jul 15 14:28:55 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा डा सुनिलकुमार जोशी र रजिष्ट्रार डा भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । शिक्षा मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा डा जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)