सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता
annapurnapost.com · Sun May 31 09:15:46 GMT 2026

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबारदेखि उनीहरू सम्पर्कविहीन भएका हुन् । बेपत्ता दुवै जना आपसमा मामा–भान्जा नाता पर्ने बताइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको र हालसम्म सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)