गाभिए दस विद्यालय
gorkhapatraonline.com · Wed Jun 24 04:55:16 GMT 2026

गोरखाको सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका १० वटा विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले जेठ २२ गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो । पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर अभिवृद्धि, स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय सञ्चालन खर्चमा मितव्ययिता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका विद्यालयलाई नजिकका ठुला विद्यालयमा समायोजन गरिएको हो ।
सहिद लखन–१ बक्राङका लक्ष्मी आधारभूत विद्यालय र इन्द्र आधारभूत विद्यालयलाई महेन्द्र शक्ति माध्यमिक विद्यालयमा गाभिएको छ । यस्तै वडा नम्बर ४ को सहिद सन्देश आधारभूत विद्यालयलाई महारुद्र आधारभूत विद्यालय वडा नम्बर ६ को चन्द्रकला आधारभूत विद्यालयलाई भगवती हिमालय माध्यमिक विद्यालयमा समायोजना गरिएको छ । वडा नम्बर ६ कै दुर्गा आधारभूत विद्यालयलाई वडा नम्बर ५ को जलदेवी माध्यमिक विद्यालयमा, जलकन्या आधारभूत विद्यालयलाई चण्डिका आधारभूत विद्यालयमा र मण्डली आधारभूत विद्यालयलाई हिमालय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)