कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
ratopati.com · Wed Jul 15 14:45:08 GMT 2026

सुनसरी । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ। आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो।
क्लबका अध्यक्ष किशन मास्केका अनुसार साइक्लिङमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो र वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)