नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति
annapurnapost.com · Wed Jul 15 14:47:46 GMT 2026

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो।
बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५० मेगावाट पुर्याउने सहमति गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। संयुक्त प्राविधिक टोली (जेटीटी) ले गरेको अध्ययनका आधारमा क्षमता विस्तार गर्ने निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)